इशानले ७१ रन बनाए पनि बागमती ११२ रनमै अलआउट, अमित र अर्जुनकाे अर्धशतकमा पुलिस बलियाे

11 Jan, 2025
Share:
117 Shares

वीरगञ्ज र जनकपुरमा जारी दुई दिवसीय क्रिकेट जय ट्रफीको लिगेको अन्तिम खेलमा बागमती प्रदेश ११२ रनमै अलआउट भएको छ।

जनकपुरस्थित रामजानकी क्रिकेट मैदानमा जारी खेलमा पहिला ब्याटिङ गरेको बामगती ओपनर इशान पाण्डेले ७१ रनको उत्कृष्ट इनिङ खेलेपनि अन्यले साथ नदिँदा ११२ रनमै अलआउट भएको हो।

इशानले ९४ बल खेल्दै १० चौका प्रहार गरे। यस्तै, प्रतिक श्रेष्ठले १२ रन बनाउनु बाहेक अन्यले दोहोरौ अंकमा स्कोर बनाउन सकेनन्।

बामगतीको इनिङ धरासायी बनाउने क्रममा पुलिसका ललित राजवंशीले ४, श्रवण यादवले ३ र कुशल भुर्तेलले २ विकेट लिए।

जवाफा ब्याटिङ थालेको पुलिसले ताजा अवस्थामा १६२–३को बलियो अवस्थामा छ। उसका लागि अर्जुन साउद र अमित श्रेष्ठले १२७ रनको कीर्तिमानी साझेदारी गरेका छन्। यो प्रतियोगिताकै सर्वाधिक ठूलो साझेदारी हो।

अर्जुन ६६ बलमा ६१ र अमित ९० बलमा ७४ रन बनाए खेलिरहेका छन्।