मधेशविरूद्ध कुशल भुर्तेलले बनाए अर्धशतक

8 Jan, 2025
Share:
117 Shares

लामो समयदेखि खराब लयमा रहेका नेपाली राष्ट्रिय टिममा ओपनर कुशल भुर्तेलले जय ट्रफीमा अर्धशतक प्रहार गरेका छन्।

वीरगञ्जस्थित नारायाणी क्रिकेट मैदानमा जारी खेलमा कशुलले मधेश प्रदेशविरुद्ध अर्धशतक बनाएका हुन्। जारी खेलमा उनी ६८ बलमा १० चौका प्रहार गर्दै ६८ रन बनाए। पहिलो खेलमा आर्मीविरुद्ध भने कुशल दुवै इनिङमा चल्न सकेका थिएनन्।

कुशलको अर्धशतक मद्दतमा पुलिसले उत्कृष्ट सुरुआत गरेको छ। मधेशलाई १२६ रनमै अलआउट गर्दै आफ्नो इनिङ थालेको पुलिसले ताजा अवस्था २० ओभरमा १ विकेटको क्षतिमा ९७ रन बनाएको छ। उसका कुशल र दिलिप नाथले पहिलो विकेटका लागि ९६ रनको साझेदारी गरेका थिए।