आर्मीविरुद्ध कुशल भुर्तेलले लिए ह्याट्रिक

15 Jan, 2025
Share:
117 Shares

वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा जारी मल्टी डे क्रिकेट जय ट्रफीको फाइनलमा नेपाल पुलिसका क्लबका अलराउन्डर कुलश भुर्तेलले ह्याट्रिक गरेका छन्।

बुधबार उनले ३७औं ओभरको अन्तिम र ३९औं ओभरको सुरुआती २ बलमा विकेट लिँदै फाइनलमा ह्याट्रिक लिए। यो जारी प्रतियोगिताको दोस्रो ह्याट्रिक हो। यसअघि पुलिसकै श्रवण यादवले ह्याट्रिक लिएका थिए।

कुशलले आफ्नो ह्याट्रिक लिने क्रममा ३७औं ओभरको अन्तिम बलमा विवेक यादव, ३९औं ओभरको पहिलो बलमा सुमित श्रेष्ठ र दोस्रो बलमा साहब आलमलाई सिकार बनाएका थिए।