चोटका कारण कुशलले युएईविरुद्धको खेल गुमाउने, टिममा सन्दीप जोरालाई बोलाइयो

Read Time:1 Minute

ओपनर कुशल भुर्तेलले आईसिसी विश्वकप लिग–२ अन्तर्गत सोमबार हुने युएईविरुद्ध हुने खेल गुमाउने भएका छन्। ग्रोइन इन्जुरीका कारण कुशलले युएईविरुद्धको खेल गुमाउने भएका छन्।

युएईमा जारी क्रिकोणात्मक सिरिजमा पहिलो खेलमा पुपवा न्युगिनीविरुद्ध अर्धशतक बनाएपनि त्यसपछिका २ खेलमा उनी सस्तैमा आउट भएका थिए।

चोटका कारण कुशल टिमबाट बाहिरिएपछि क्यालने उनको स्थानमा युवा ब्याट्सम्यान सन्दीप जोरालाई बोलाएको छ।

ओपनर कुशल घाइते भएसँगै युएईविरुद्ध नेपाली टिमको ब्याटिङ अर्डर पनि परिवर्तन हुनेछ। सो खेलमा सम्भवतः आसिफ सेखसँग ज्ञानेन्द्र मल्लले ओपनिङ गर्नेछन् भने तेस्रो नम्बरमा आरिफ सेख या कप्तान रोहित पौडेल आफैं आउने छन्।

सोमाबार हुने नेपाल र युएईबीचको खेल युएईमा जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेल हो । सिधै एकदिवसीय विश्वपक खेल नेपालका लागि लिग–२का बाँकी ५ खेल नै महत्वपूर्ण छन्।

Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post सेभियाको पोस्टमा एट्लेटिकोको आधा दर्जन गोल
Next post एसियाकप छनोटका लागि यू–२० महिला टिमको बिदाई, टिम आजै प्यालेस्टाइन जाने
Close