नेपाललाई पहिलो झड्का, कुशल ११ रनमा आउट

3 Nov, 2023

टि–२० विश्वकप छनोटको सेमिफाइनलमा युएईविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ।

मुलपानी क्रिकेट मैदानमा जारी खेलमा नोपलले तेस्रो ओभरको अन्तिम बलमा कुशल भुर्तेललाई गुमायो। कुशलले ८ बलमा २ चौका मद्दतमा ११ रन बनाए।

ताज अवस्थामा ४ ओभरको समाप्तिमा नोपलले १ विकेटको क्षतिमा २९ रन बनाएको छ। क्रिजमा आसिफ सेख र गुल्सन झा छन्।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको युएईले ९ विकेटको क्षतिमा १३४ रन बनायो। उसका लागि वृत्य अरविन्दले सर्वाधिक ६४ रन बनाए। अन्तिम ओभरको पहिलो बलमा कुशल मल्लको बलमा आउट हुनुअघि उनले ५१ बमाल ८ चौका र २ छक्का प्रहार गरे।

यस्तै, कप्तान मुहम्मद वासिमले १६ बलमा २६ रन बनाउँदा अलिसान सरफुले १६ र आसिफ खानले १३ रनको योगदान दिए।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ३ तथा सन्दीप लामिछानेले २ विकेट लिए।