त्रिकोणात्मक सिरिजमा नेपाल र मलेसिया भिड्दै

त्रिकोणात्मक टि–२० सिरिजको दोस्रो खेलमा आज नेपाल र मलेसिया भिड्दै छन् । कीर्तिपुरस्थित टियू मैदानमा दिउँसो १ः१५ बजे सुरु हुने खेलमा नेपाल दोस्रो जितको खोजिमा हुने छ भने मलेसिया पहिलो जितको खोजीमा ।

प्रतियोगिताको उद्घाटन खेलमा नेपालले शनिबार नेदरल्यान्ड्सलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो भने आइतबार भएको दोस्रो खेलमा मलेसिया नेदरल्यानड्ससँग १५ रनले पराजित भएको थियो।

मलेसियाविरुद्ध मैदान उत्रँदा नेपाली टिमको मनोबल उच्च हुनेछ । नेदरल्यान्ड्सविरुद्ध बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेकाले नेपाली टिमको मनोबल उच्च छ ।

नेपाल र मलेसियाबीच पछिल्लो पटक फेब्रुअरी २९, २०२० मा प्रतिस्पर्धा भएको थियो। थाइल्यान्डमा भएको एसिसी पूर्व क्षेत्रीय प्रतिस्पर्धामा नेपालमाथि मलेसियाले २२ रनको जित हात पारेको थियो। त्यसअघिका तीन खेलमा भने नेपालले मलेसियामाथि जित हात पारेको थियो।

मलेसियाविरुद्धको खेलमा नेपालले प्लेइङ सेटमा परिवर्तन गर्ने सम्भावना छ। मलेसियाविरुद्ध नेपाली टिममा स्पिनर साहब आलमको स्थानमा सुशन भारीले मौका पाउन सक्छन्। नेदरल्यान्ड्सविरुद्ध खेल्दै डेब्यू राष्ट्रिय टिममा डेब्यू गरेका साहब केही महँगो भएका थिए।

सिरिजमा नेपालले तेस्रो खेल नेदरल्यान्ड्सँग वैशाख ७ मा खेल्नेछ। नेपालले आफ्नो सिरिजको लिगको अन्तिम खेल मलेसिया वैशाख ९ गते प्रतिस्पर्धा गर्नेछ।

लिगमा शीर्ष दुईमा स्थान बनाउन सकेको खण्डमा नेपालले वैशाख ११ गते फाइनल खेल्नेछ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.