सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

नेपालले गुमायो नवौं विकेट

आईसिसी विश्वकप लिग–२को पहिलो त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नामिबियाविरुद्ध लागतार विकेट गुमाएपछि नेपाल लोस्कार रोकिने खतरा बढेको छ।

लागतार विकेट गुमाएपछि नेपाल १००–३को अवस्थाबाट १६१–९को दबाबपूर्ण अवस्थामा पुगेको छ। नेपालले पछिल्ला ६ विकेटका ६१ रन जोड्दा गुमायो।

नेपालका लागि आसिफले ६४ बलमा ८ चौका १ छक्का प्रहार गर्दै ५८ रन बनाए। जारी सिरिजमा उनको यो लगातार दोस्रो अर्धशतक हो। आसिफले कुशल मल्लासँग चौथो विकेटका लागि अर्धशतकीय साझेदारी नै नेपालको सबैभन्दा ठूलो सझोदारी हो।

कशुलले ५२ बलमा १ चौका र २ छक्का मद्दतमा ३६ रन बनाउँदा कुशल भुर्तेलले २८ रन बनाए। यस्तै, भीम सार्कीले ३६ बलमा ३ चौका मद्दतमा २६ रन बनाए। नेपालका तीन ब्याट्सम्यान अनिल साह, देव खनाल र कप्तान रोहित पौडेल डकआउट भए।

नामिबियाका लागि बर्नार्ड स्कोल्ट्जले ४ विकेट लिँदा जान निकोल लोफ्टिइ इटोनले ३ विकेट लिए। जेरार्ड इरास्मस, ज्याक ब्रेसवेल र इटोनले समान १ विकेट लिए।

ताजा अवस्थामा नेपाल ३६ ओभरको समाप्तिमा १६८–९को अवस्थामा छ। क्रिजमा करण केसी र ललित राजवंशी छन्।

1.3Kशेयर