घरेलु मैदानमा ओमानसँग नेपालको लगातार दोस्रो हार

एकदिवसीय क्रिकेटमा नेपालले ओमानसँग लागतार दोस्रो हार बेहोरेको छ । सन् २०२३ को विश्वकप क्रिकेटको छनोटका रुपमा विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजअन्तर्गत आइतबार कीर्तिपुर मैदानमा भएको खेलमा नेपाल ८ विकेटले पराजित भयो ।

अमेरिका र ओमानसम्मिलत सिरिजको पहिलो खेलमा पनि नेपाल ओनमानसँग १८ रनले पराजित भएको थियो । जारी सिरिजमा नेपालको लगातार तेस्रो जित हो ।

नेपालको विरुद्धको जितसँग ओमान लिग २ को शीर्ष स्थानमा उक्लिएको छ । ९ खेलमा ओमान १४ अंक जोडेको छ । १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ । नेपाल भने २ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।

२५० रनको लक्ष्य ओमानले ४७.२ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो । ओमानलाई जित दिलाउने क्रममा अकिब इल्यासले शतकीय योगदान दिए । उनले १०८ बलमा १२ चौका र १ छक्का प्रहार गर्दै १०९ रन बनाए ।

यस्तै, कप्तान जिसन मक्सुदले ६८ रनको योगदान दिए । जिसन र अकिबले १६७ रनको कीर्तिमानी साझेदारी गर्दै टिमलाई जित दिलाए । यो साझेदारी लिग २ कै सबैभन्दा ठूलो साझेदारी हो । नेपालका कुशल मल्ल र सुशन भारीले समान १ विकेट लिए ।

यसअघि टस जितेर ओमानले फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २४९ रन बनायो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५६ रन बनाए भने पारस खड्काले ३८, विनोद भण्डारीले ३५, आरिफ सेख र कुशल मल्लले समान २८ रन बनाए भने सुवास खकुरेलले २२ रन बनाए ।

ज्ञानेन्द्रले ७६ बल खेल्दै ६ चौका र १ छक्का प्रहार गरे । ज्ञानेन्द्र र सुवासले पहिलो विकेटका लागि ४८ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । यस्तै ज्ञानेन्द्रले दोस्रो विकेटका लागि पारससँग पनि ६१ रनको साझेदारी गरेका थिए । ओमानका अकिब इल्यासले सर्वाधिक ४ विकेट लिए भने मोहम्मद नामीदले ३ विकेट लिए ।

नेपालको यो एकदिवसीय अन्तर्राष्टिय क्रिकेट दोस्रो ठूलो स्कोर हो । यसअघि नेपालले अगत वर्ष युएईमा भएको एकदिवसीइ सिरिजमा युएईविरुद्ध २५५ रन बनाएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.