मिडल अर्डर नचल्दा दबाबमा नेपाल

Read Time:1 Minute

आईसिसी विश्वकप लिग–२ अन्तर्गतको दोस्रो त्रिकोणात्मक सिरिज अन्तर्गत ओमानविरुद्ध नेपाली इनिङ धर्मराएको छ। घरेलु टोली ओमानविरुद्ध टस जितेर ब्याटिङ गरेको नेपालको मिडल अर्डर चल्न सकदा ३३ ओभरमा १४० रन बनाउँदा नेपालले ५ विकेट गुमाएको छ।

अहिले क्रिजमा ओपनर आसिफ सेख र कुशल मल्ल छन् । आसिफ सेख ८३ रन बनाएर नेपाली इनिङ धानिरहेका छन्। उनले १०५ बलमा ६ चौका १ छक्का प्रहार गरेका छन्।

इनिङको दोस्रो बलमै ओपनर कुशल मल्ललाई गुमाएको नेपालले त्यसपछि लागतार विकेट गुमाएको थियो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले २१ र रोहित पौडेलले २० रन बनाएर आसिफलाई केही साथ दिए। तर, त्यसपछि लगातार विकेट गयो । विनोद भण्डारी ७ र सोमपाल कामी ६ रनमा आउट भए।

ओमानका लागि नेस्टर धाम्बाले २ तथा बिलाल खान र मोहम्मद नदीमले समान १ विकेट लिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post आजबाट च्याम्पियन्स लिग समूह चरणका खेल, बार्सा र बायर्न भिड्दै
Next post आसिफको उत्कृष्ट ब्याटिङ, मिडल अर्डर नचल्दा ओमानलाई नेपालले दियो १९७ रनको लक्ष्य
Close