
विश्वकप छनोटमा नेपालले पहिलो खेल ओमानसँग खेल्ने
यसैवर्ष अस्ट्रेलियामा आयोजना हुने टि–२० विश्वकपको ग्लोबल क्वालिफायरमा नेपालले पहिलो खेल अयोजक ओमानसँग खेल्ने भएको छ। छनोटको समूह एमा रहेको नेपालले फेब्रुअरी १८मा ओमानसँग खेल्दै छनोय यात्रा प्रारम्भ गर्ने भएको हो।
आईसिसीले शुक्रबार ग्लोबल क्वालिफायरको समूह एको खेल तालिका सार्वजनिक गरेको हो। ग्लोबल क्वालिफायर ए मा सहभागी ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह १मा नेपाल ओमान, क्यानडा र फिलिपिन्स छन् भने समूह २ मा आयरल्यान्ड, युएई, बहराइन र जमर्नी छन् । दुवै समूहका शीर्ष २ टिम सेमिफाइनल पुग्ने छन्। तीमध्ये फाइनल पुग्ने टिमले टिण्२० विश्वकप खेल्न पाउने छन्।
नेपालले दोस्रो खेल फिलिपिन्ससँग फेब्रुअरी १९ मा खेलने छ भने समूहको अन्तिम खेल क्यानडासँग फेब्रुअरी २१मा खेल्नेछ ।
छनोटकै तयारी स्वरुप नेपालले ओमानमै चारदेशीय सिरिज पनि खेल्नेछ । जसमा आयरल्यान्ड, ओमान र युएई छन्।