जितेन्द्रले दिलाए नेपाललाई पहिलो सफलता

Read Time:1 Minute

टि–२० विश्वकपको ग्लोबर छनोटका समूह एको सेमिफाइनलमा नेपालले युएईविरद्ध पहिलो सफलता हात पारेको छ।

आमोनस्थित अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा दोस्रो ओभरको चौथो बलमा जितेन्द्र मुखियाले चिराग सुरीलाई बोल्ड गर्दै नेपाललाई सफलत दिलाएका हुन्।

नेपालले पहिला बलिङ गर्ने भएको छ। युएईले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले बलिङ गरेको हो । २ ओभरमा युएईले १ विकेटको क्षतिमा ६ रन बनाएको छ।

युएईविरुद्धको टिममा प्रशिक्षक पुबुदु दासानायकेले एक परीक्षण गरेका छन् । उनले स्पिन अलराउन्डर कुशल मल्लको स्थानमा युवा फास्ट बलिङ अलराउन्डर विवेक यदावलाई मौका दिएका छन्।

आजको खेलमा युएईलाई हराउन सके नेपाल दोस्रो पटक टि–२० विश्वकपका लागि छानिने छ। नेपाल प्रतियोगितामा अपराजित एक्लो टिम हो। नेपाल समूह एको ग्रुप २ को विजेता हो भने ग्रुप १ को उपविजेता हो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post विभागीय डर्बीमा पुलिस र एपिएफले खेले बराबरी
Next post नेपाललाई दोस्रो सफलता, सन्दीपले लिए विकेट
Close