सोमपाल चम्किँदा युएईविरुद्ध नेपालको सानदार सुरुआत

SHARE TO:
Read Time:1 Minute

विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको तेस्रो सिरिजमा नेपालले बलियो युएईविरुद्ध उत्कृष्ट सुरुआत गरेकोछ । सारजाहमा युएईले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि बलिङमा आएको नेपालले सुरुआतमै विकेट लिँदै युएईलाई दबाबमा राखेको छ।

ताजा अवस्थामा १३ ओभरमा ४१ रन बनाउँदा नेपालले युएईका सुरुआती ४ विकेट लिएको छ । नेपालका लागि सोमपाल कामीले ६ ओभरमा १७ रन खर्चेर तीन विकेट लिए । उनले सुरुआती तीन विकेट लिएका थिए ।

पहिलो खेलमा पिएनजीविरुद्ध पनि ३ विकेट लिएका सोमपालले ओपनर सिराग सुरीले चौथो ओभरको पाँचौं बलमा विकेट किपर आसिफ सेखबाट क्याच गाए भने छैठौं ओभरको पहिलो बलमा भृत्य अरविन्दलाई आसिफबाटै क्याच गराए । यस्तै, दशौं ओभरको पहिलो बलमा ओपनर मोहम्मद वासिमलाई २१ रनमा ज्ञानेन्द्र मल्लबाट क्याच आउट गराए।

यस्तै करण केसीले भने १ विकेट लिए । उनले आसिफ खानलाई ७ रनमा आसिफ सेखबाटै क्याच आउट गराएका थिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
कमेन्ट गर्नुहोस्ः
SHARE TO:
Previous post बार्सिलोना र लेस्टर सिटी युरोपा लिगको क्वार्टरफाइनलमा
Next post सोमपाल र करण चम्किँदा युएईले दियो नेपाललाई सामान्य लक्ष्य
Close