
सोमपाल र करण चम्किँदा युएईले दियो नेपाललाई सामान्य लक्ष्य
Read Time:1 Minute
सोमापाल कामी र करण केसीले घातक बलिङ गरेपछि आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा युएईविरुद्ध नेपालले १६९ रनको सामान्य लक्ष्य पाएको छ।
नेपाली फास्ट बरले धारिलो बलिङ गरेपछि सारजाहमा टस जितेर पहिला ब्याटिङ गरेको युएई ४६.३ ओभरमा १६८ रन मै अलआउट भयो। उसका रोहन मुस्तफा र चुन्डाङगापोइल रिचवानले समान ४० रन बनाउँदा मुहम्मद वासिमले २१ र कासिफ दाउदले १८ रनको योगदान दिए।
युएईलाई सस्तैमा समेट्ने क्रममा नेपालका सोमपाल र करणले घातक बलिङ गरे । सोमपालले ९ ओभरमा ३९ रन खर्चेर ४ विकेट लिए भने करणले ७.३ ओभरमा १६ रन मात्र खर्चेर ३ विकेट लिए । यस्तै, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले पनि समान १ विकेट लिए।