युएईविरुद्ध बलिङमा नेपाल, टिममा तीन परिवर्तन

Read Time:1 Minute

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत यूएईमा भइरहेको त्रिकोणात्मक श्रृंखलाको आफ्नो तेस्रो खेलमा घरेलु टोली युएईविरुद्ध नेपालले सुरुमा बलिङ गर्ने भएको छ।

दुबई क्रिकेट रंगशालामा नेपालले टस जितेर घरेलु टोली युएईविरुद्ध पहिले बलिङ गर्ने भएको हो ।

घरेलु टोली युएईविरुद्ध नेपाली प्रशिक्षक पुबुदु दासानायकले टिममा तीन परिवर्तन गरेका छन् । उनले विकेटकिपर विनोद भण्डारी, अलराउन्डर पवन सर्राफ र फास्ट बलर विक्रम सोबलाई टिममा राखेका छन्।

यस्तै, युएईविरुद्धको अघिल्लो खेलमा खेलेका ओपनर आसिफ शेख, फास्टबलर कमलसिंह ऐरी र स्पिनर सागर ढकाललाई बेन्चमा राखिएको छ।

तीन परिवर्तनसँगै नेपालको ओपनिङमा पनि परिवर्तन हुनेछ। सम्भवतः नेपाली इनिङको ओपनिङ कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ले गर्नेछन् । अथवा, ज्ञानेन्द्रको सट्टा पवन सर्राफ पनि ओपनिङकमा आउन सक्ने छन्।

नेपालको प्लेइङ ११ः कप्तान सन्दीप लामिछाने, विनोद भण्डारी, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, पवन सर्राफ, आरिफ शेख, करण केसी, रोहित कुमार पौडेल, विक्रम सोब र सोमपाल कामी ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post ब्याटिङ सुधारको अपेक्षासहित युएईसँग भिड्दै नेपाल
Next post सन्दीपले दिलाए नेपाललाई पहिलो सफलता
Close