युएईले दियो नेपालाई २०३ रनको चुनौतीपूर्ण लक्ष्य

Read Time:1 Minute

आईसिसी विश्वकप–२ अन्तर्गतको तेस्रो सिरिजको तेस्रो खेलमा घरेलु टोली युएईले नेपाललाई चुनौतीपूर्ण लक्ष्य दिएको छ। दुबई इन्टर नेशनल क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको युएईले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २०३ रनको चुनौतीपूर्ण लक्ष्य दिएको हो।

युएईका लागि रोहन मुस्तफाले अर्धशतकीय इनिङ खेले । उसले ७३ बल खेल्दै २ चौका र १ छक्काको सहयोगमा ६० रन बनाए । यस्तै, ओपनर मुहम्मद वासिमले ३३, चिराग सुरीले २६, भृत्य अरविन्दले २४ र अलिशान सराफुले २१ रनको योगदान दिए।

नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित ३२ रन खर्चेर ३ विकेट लिए भने सोमपाल कामी र करण केसीले समान २ विकेट लिए । यस्तै, दीपेन्द्रसिंह ऐरी र आरिफ सेखले समान १ विकेट लिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post नेपाली फुटबल टिम थाइल्यान्ड प्रस्थान
Next post युएईविरुद्ध नेपालको खराब सुरुआत, २१ रन बनाउँदा ४ विकेट
Close