सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

सन्दीपको घातक बलिङ, एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुआत

कप्तान सन्दीप लामिछानेले घातक बलिङ गरेपछि एसिसी प्रिमियर कपमा नेपालले विजयी सुरुवात गरेको छ।

मलेसियाको वाइएसडी युकेएम ओभलमा भएको खेलमा नेपालले बहराइनलाई ७ विकेटले हरायो।

पहिला ब्याटिङ गर्दै बहराइनले दिएको ८८ रनको झिनो लक्ष्य नेपालले ३ विकेट गुमाउँदै २१ ओभरमा भेट्टायो। नेपालका अर्जुन कुमाल ३६ रनमा तथा रोहित पौडेल १९ रनमा नटआउ रहे। बलिङमा बहराइनका इमरान जावेदले २ विकेट लिए।

त्यसअघि नेपाली बलरहरुले घातक बलिङ गरेपछि बहराइन ३६.२ ओभरमा ८७ रनमा अलआउट भएको थियो। बहराइनका लागि फियाज अहमदले सर्वाधिक १५, मुहम्मद वासिमले १३ र अली दाउदले १० रन बनाए।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले ५ विकेट लिए। उलने १० ओभरमा ४ मेडनसहित १४ रन मात्र खर्चे। यस्तै ललित राजवंशीले ३, करण केसीले २ विकेट लिए।

नेपालले दोस्रो खेलमा बिहीबार मलेसियासँग खेल्नेछ।

1.3Kशेयर