
नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षक मंसिर दोस्रो साता
नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक मंसिर दोस्रो साता नियुक्त हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षक नियुक्तीका लागि अन्तर्वार्ता लिइसेकाले सोको नतिजा मंसिर दोस्रो साता प्रशिक्षक नियुक्त हुने जनाएको छ ।
शनिबार मुख्य प्रशिक्षकका लागि दाबेदार रहेका १२ जना प्रशिक्षकसँग अन्तर्वार्ता लिएपछि क्यानले नयाँ प्रशिक्षक घोषणा हुने मिति तय गरेको हो । क्यानले आईसीसीसँगको समन्वयमा मुख्य प्रशिक्षकको घोषणा गर्न लागेको छ ।
मुख्य प्रशिक्षकका लागि क्यानले सूचना प्रकाशित गरेकोमा कूल ७२ जनाले आवेदन दिएको र त्यसबाट पहिलो चरणमा २५ प्रशिक्षक छनोट गर्दै दोस्रो चरणमा अन्तर्वार्ताका लागि १२ प्रशिक्षक छनोट गरिएको क्यानले जनाएको छ । क्यानले अहिलेसम्म ककसले आवेदन दिए भन्ने नाम सार्वजनिक नगरे पनि पूर्व प्रशिक्षक पुबुदु दासानायकेदेखि डेव ह्वामोर र लान्स क्लुसेनरसम्मले आवेदन दिएको चर्चा छ ।
क्यानले तिहारअघि नै मुख्य प्रशिक्षक र क्रिकेट म्यानेजर पदका लागि आवदेन दिनेहरुको अन्तर्वार्ता लिने जनाएको थियो । बाँकी पदका लागि भने तिहारपछि अन्तर्वार्ता लिने क्यानले जनाएको छ ।
क्यानले गत सेप्टेम्बरमा मुख्य प्रशिक्षक, क्रिकेट म्यानेजर, जेनेरल म्यानेजरसहित अन्य पदका लागि दरखास्त आह्वान गरेको थियो । क्यानले मुख्य प्रशिक्षक छनोटका लागि ५ सदस्सीय समिति समेत गठन गरिसकेको छ । जसमा ३ जना क्यानबाट, १ जना आईसीसी र १ जना स्वतन्त्र विज्ञ रहेका छन् ।
비아몰 정품 비아그라 구매 사이트 정품시알리스 인터넷판매