विश्वकप खेलेर नेपाली टिम स्वदेश फर्कियो

20 Jun, 2024

नेपाली राष्ट्रिय क्रिकेट टिम विश्वकप खेलेर स्वदेश फर्किएको छ। अमेरिका र वेस्ट इन्डिजमा जारी टि–२० विश्वकपमा समूह चरणबाटै बाहिरिएपछि नेपाली टिम स्वदेश फर्किएको हो।

नेपाली टिम दुई समूह बनाएर नेपाल फर्किएको छ। पहिलो समूह आज बिहान बिहान १ बजे र दोस्रो समूह बिहान १० बजे नेपाल फर्किएको हो।

नेपालले समूह चरणमा ४ मध्ये ३ खेल खेल्ने अवसर पायो। जसमा नेदरल्यान्ड्स, दक्षिण अफ्रिका र बंगलादेशसँग पराजित भएको थियो। श्रीलंकासँगको खेल भने वर्षाका कारण रद्द भएको थियो। दक्षिण अफ्रिकासँग जित नजिक पुगेर पनि नेपाल १ रनले पराजित भएको थियो।

प्रतियोगितामा नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दा ब्याटिङमा भने नेपाल चुकेको थियो। ब्याटिङ नचल्दा नेपालले ११६ र १०७ रनको लक्ष्य पनि पछ्याउन सकेको थिएन।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]