टी–२० महिला विश्वकप छनाेटमा नेपाली महिला टिमको सानदार जित, कुवेत ९ विकेटले पराजित

Read Time:1 Minute

आईसीसी टी–२० महिला विश्वकप एसियन छनोटमा नेपाली महिला टिमले सानदार जित निकालेको छ । बिहीबार दुबईमा भएको खेल नेपालले कुवेतमाथि ९ विकेटको जित निकाल्दै दोस्रो जित हात पारेको हो।

पहिला कुवेतले दिएको २८ रनको सामान्य लक्ष्य नेपालले ३.३ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो। नेपालको जितमा इन्दु बर्माले १३ र कप्तान रुविना क्षेत्रीले १२ रन जोडिन्। कुवेतका लागि मारिया जस्वीले एक विकेट लिइन्।

यसअघि दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको कुवेत १५.४ ओभरमा अलआउट हुँदै २७ रन जोडेको थियो।

कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक १० रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। कुवेतको इनिङ धरासायी बनाउने क्रममा नेपालकी संगीता राई र कप्तान रुविना क्षेत्रीले समान ३ विकेट लिए ।

यसअघि पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई ८ विकेटले पराजित गरेको थियो। कुवेतको भने यो लागतार तेस्रो हार हो।

नेपालले अब शुक्रबार मलेसिया र आइतबार युएईसँग खेल्नेछ। शीर्षस्थानमा रहेर अगामी वर्ष हुने ग्लोबल क्वालिफायर खेल्न नेपालले बाँकी दुवै खेलमा फराकिलो जित निकाल्नुपर्ने हुन्छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post एट्लेटिकोलाई हराउँदै एसी मिलानको नकआउट सम्भावना कायमै, दबाबमा एट्लेटिको
Next post खेलाडी वर्गीकरणमा असन्तुष्टी जनाउने ज्ञानेन्द्रसहित ४ क्रिकेटरले बुझाए क्यानलाई स्पष्टीकरण
Close