सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

मलेसियाविरुद्ध नेपालको उत्कृष्ट ब्याटिङ, कुशल भुर्तेल ४२ रनमा आउट

घरेलु मैदानमा जारी टि–२० विश्वकपको दोस्रो खेलमा नेपालले मलेसियासविरुद्ध उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेको छ।

कीर्तिपुरस्थित टियू मौदनमा जारी खेलमा मलेसियाले दिएको १६६ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याएको नेपालले १० ओभरको समाप्तिमा १ विकेट गुमाउँदै ९५ रन बनाएको छ।

नेपालका लागि कुशल भुर्तेल २५ बबलमा ४३ रन बनाएर आउट भए। उनले समान ४ चौका र २ छक्का प्रहार गरे। उनले पहिलो विकेटका लागि आसिफ सेखसँग ४९ रनको साझेदारी गरेका थिए।

टस जितेर ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६५ रन बनाएको थियो । उसका लािग सेयद अजिज सर्वाधिक ६८ रन बनाए। अविनाश बोहराले ४ विकेट लिए।

1.3Kशेयर