सामग्रीमा जानुहोस्
आइतबार, मंसिर ६, २०८३

फाप्ला क्रिकेट रङ्गशाला निर्माणका लागि ठेक्का आह्वान

कैलालीको धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सरकारले ठेक्का आह्वान गरी प्रक्रिया अघि बढाएको छ।

पूर्वाधार विकास मन्त्रालयले हालको जमिनको सतहमा माटो भर्ने तथा जमिन सम्याउने, प्यारापिटको अगाडिको भागमा ब्लक निर्माण गर्नेलगायतका कामका लागि ठेक्का आह्वान गरेको हो।

एनपिएलको फाइनलको सन्दर्भ पारेर पूर्वाधार विकासमन्त्री सुलिन लम्सालले खेल पूर्वाधार विकासलाई उच्च महत्त्व दिएको बताएका छन्।

‘सुदूरपश्चिमवासीको सपना र राष्ट्रिय महत्त्व बोकेको यस आयोजनालाई उच्च प्राथमिकताका साथ अघि बढाउँदै खेल पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन तथा समग्र आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने लक्ष्य राखेका छौं,’ उनले फेसबुकमा लेखेका छन् ।

२०६६ सालदेखि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको कुरा उठेको हो। २०७२ सालदेखि फाप्लालाई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका रूपमा विकास गर्न ‘ड्रिम फाप्ला’ अभियान अघि बढाइएको थियो।

सेयर गर्नुहोस्

1.6KShares