
पारस बने टिम अबुधावीको इमर्जिङ ट्यालेन्ट मेन्टर
नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर पारस खड्काले टी(२० लिगमा टीम अबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टर बनेका छन् । टीम अबुधाबीले शुक्रबार अलराउण्डर पारसलाई नयाँ सिजनको लागि इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा नियुक्त गरेको हो ।
अब हुने टी-१० लिगका लागि नेपाली टिमका पूर्व कप्तान समेत रहेका पारसले मेन्टरको भूमिका खेल्नेछन् । उनी टिमको कोचिङ स्टाफको रुपमा रहने अबुधाबीले जनाएको छ । गत सिजन पारसले टीम अबुधाबीका लागि खेलेका थिए । पारसले पहिलो पटक टिम अबुधाबी मार्फत नै विदेशी लिगमा सहभागिता जनाएका हुन् ।
नयाँ भूमिका पाएपछि पारसले शनिबार बिहान ट्वीट गर्दै यसबाट आफू उत्साहित रहेको र नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा विकास गर्न मद्दत गर्ने बताएका छन् । ‘टीम अबुधाबीसँगको नयाँ भूमिकालाई लिएर उत्साहित छु । आशा छ, क्रिकेटिङ टाईअपबाट अन्तर्राष्ट्रिय लेभलमा नेपाली क्रिकेट विकास गर्न सकिन्छ । र टीम अबुधाबी मार्फत हाम्रा क्रिकेटरका लागि अवसर प्राप्त गर्न सकिनेछ ।’
चौथो संस्करणको टी-१० लिग युएईमा आगामी वर्ष जनवरी २६ देखि फेब्रुअरी ६ सम्म हुनेछ । अबुधाबीले अहिलेसम्म रोहन मुस्ताफा, लुक राइट, अभिस्का फर्नान्डो र हाएडेन वाल्स जुनियरलाई टिममा रिटेन गरेको छ । यस्तै क्रिस मोरिसलाई सिधै अनुबन्ध गरेको छ ।
coursework research coursework based a levels coursework vs thesis masters coursework vs research masters
coursework degree knewton coursework coursework research coursework in a sentence
king’s college london coursework coursework program coursework
in coursework and thesis
coursework common app coursework writing service coursework writing services nursing coursework