
नेपाली टिम हारेपछि रोहितले भने– शतकले कुनै मज्जा दिएन
घरेलु मैदानमा पपुवा न्युगिनीविरुद्ध एकदिवसीय सिरिज खलिरहेको नेपाल पहिलो खेलमा ६ रनले पराजित भएको छ। पपुवा न्युगिनीले दिएको २९३ रनको कीर्तिमानी लक्ष्प पछ्याएको नेपाल निर्धारित ओभरमा ८ विकेट गुमाउँदै २९६ रन मात्र बनाउन सक्यो ।
खेलमा लयमा रहेका युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले कीर्तिमानी शतक प्रहार गरे । उनले १२६ रनको उत्कृष्ट इनिङ खेले, तर टिमलाई जिताउन सकेनन् ।
यही शतकमार्फत थुप्रै कीर्तिमान बनाएका रोहितले खेलपछि प्रतिक्रिया दिँँदै नेपाललाई जिताउन नसक्दा शतकले आफूलाई कुनै मज्जा नदिएको बताए । उनले भने, ‘खेल जितेको भए टिम र मलाई व्यक्तिरुपमा पनि राम्रो हुन्थ्यो । जित नजिक पुगेर पनि फिनिस गर्न सकिनँ। दुई तीन पटक भइसक्यो फिनिस गर्न नसकेको यो त्यसैले शतकबाट पनि त्यति खुसी छैन।’
यो शतक नेपालका लागि एकदिवसीयको दोस्रो शतक हो भने रोहितको यो स्कोर एकदिवसीय क्रिकेटको सर्वाधिक उच्च स्कोर हो । उनी एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने नेपाली खेलाडी बनेका छन्। खेलमा रोहितले १ सय ७ बल खेल्दै ७ चौका र ४ छक्का प्रहर गरे ।