मधेशविरुद्ध दुवै इनिङ्समा सन्दीपले लिए ५ विकेट

6 Jan, 2025
Share:
117 Shares

दुई दिवसीय ‘जय ट्रफी एलिट कप’ क्रिकेट प्रतियोगिताको पहिलो खेलमा स्टार खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन्। 

जय ट्रफीमा बागमती प्रदेशको कप्तानी गरिरहेका सन्दीपले जनकपुरस्थित रामजनकी क्रिकेट मैदानमा जारी मधेश प्रदेशविरुद्धको खेलमा दुवै इनिङमा ‘५ विकेट हल’ मा नाम लेखाए। 

अहिले जारी बराबरीउन्मूख खेलमा सन्दीपले मधेशविरूद्ध १७ ओभरमा ८८ रन खर्चेर ५ विकेट लिए। दोस्रो इनिङम उनले शतक बनाएका मयन यादव, सुशिल पटेल, हिमांशु दत्त, अविशेक तिवारी र विशाल पटेलको विकेट लिए।

दोस्रो इनिङमा बागमतीले मयनको शतक मद्दतमा ९ विकेको क्षतिमा २११ रन बनाएपछि इनिङ समाप्तिको घोषणा गरेको थियो। उसले १६३ रनको अग्रता बनाएको छ।

त्यसअघि उनले पहिलो इनिङमा ५ विकेट लिएका थिए।