सन्दीपको मुद्दा न्यायाधीश खतिवडाको इजलासमा, युएई जान पाउलान् ?

Read Time:1 Minute

राष्ट्रिय टिमबाट विदेशमा पनि खेल्न पाउनुपर्ने माग गर्दै क्रिकेटर सन्दीप लामिछानेले दिएको निवेदनमा सर्वोच्च अदालतले आज सुनुवाई गर्दैछ। लामिछानेको मुद्दा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा परेको छ ।

नाबालिग बलात्कारको कसुरमा उच्च अदालतले लामिछानेलाई धरौटीमा रिहा गरेको थियो । धरौटीमा रिहा गरेपनि उच्चले लामिछानेलाई विदेश जान भने रोक लगाएको थियो । उच्च अदालतले गरेको आदेशमा प्रतिबन्धात्मक व्यवस्था रहेकाले उक्त बुँदाहरु हटाउन माग गर्दै लामिछाने बिहीबार सर्वोच्च पुगेका थिए ।

आज सर्वोच्चले लामिछानेको पक्षमा आदेश जारी गरे आइसीसी विश्वकप लिग–२ अन्तर्गत युएईमा हुने त्रिकोणात्मक सिरिज खेल्न जानेछन् ।

गत पुस २८ गते उच्च अदालतका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो । उच्च अदालतले मुद्दा फैसलानभएसम्म उनलाई विदेश जान रोक लगाएको छ ।

Happy
Happy
0 %
Sad
Sad
60 %
Excited
Excited
20 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
20 %
Previous post अन्तर्राष्ट्रिय फुटबल नखेल्ने रामोसको घोषणा
Next post आर्मी केपी ओली कपको सेमिफाइनलमा, पेनाल्टीमा चुक्याे एनआरटी
Close