विश्वकप छनोटको नेपाली टिमको घोषणा, सन्दीपको पुनरागमन

28 Oct, 2023

घरेलु मैदानमा हुने टि २० विशवकपको एसिया छनोटका लागि नेपाली टिमको घोषणा गरिएको छ। शनिबार नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेलको कप्तानीमा नेपाल १५ सदस्यीय टिम घोषणा गरेको हो।

शुक्रबारमात्र सकिएको त्रिकोणात्मक टि२० सिरिज नखेलेका सन्दीप लामिछानेले नेपाली टिममा पुनरामगन गरेका छन्। सन्दीपले व्यक्तिगत कारणले त्रिकोणात्मक सिरिजबाट नाम फिर्ता लिएका थिए। यस्तै, सिरिज रहेका स्पिनर त्रय श्याम ढकाल, सागर ढकाल र सूर्य तामाङ तथा लोकेश बम टिममा अटाउन सकेनन्।

एसिया क्षेत्रको छनोट यही १३ कात्तिकदेखि काठमाडौंको कीर्तिपुर र मुलपानीमा हुनेछ
८ टिम सहभागी हुने छनोटबाट शीर्ष दुई टिम अर्को वर्ष हुने टी २० विश्वकपमा छनोट हुनेछ । नेपाल रहेको समूहमा सिंगापुर, मलेसिया र ओमान छन् । नेपालले पहिलो खेल सिंगापुरसँग सोमबार खेल्नेछ ।

नेपाली टिम : कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, रोहितकुमार पोडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, विवेक यादव, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, अविनाश बोहरा, प्रतिश जिसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी।