न्युजिल्यान्डले पहिलो पटक जित्यो टि–२० महिला विश्वकपको उपाधि

21 Oct, 2024
Share:
117 Shares

न्युजिल्यान्डले पहिलो पटक टि–२० महिला विश्वकपको उपाधि उचालेको छ। १६ वर्षपछि फाइनल पुगेको न्युजिल्यान्ड दक्षिण अफ्रिकालाई ३२ रनले हराउँदै च्याम्पियन बनेको हो।

यस न्युजिल्यान्डले टि–२० महिला विश्वकपका सुरुआती २ संस्करणको फाइनल पुगेको थियो। तर, उपाधिबाट भने बञ्चित थियो।

यूएईमा भएको फाइनलमा न्युजिल्यान्ड दिएको १५९ रनको लक्ष्प पछ्याएको दक्षिण अफ्रिकाले ९ विकेटको क्षतिमा १२६ रन मात्र बनाउन सक्यो। उसका लागि लाउरा वाल्भार्टले सर्वाधिक ३३ रन बनाउँदा तज्मिन ब्रिट्सले १७ले रन बनाइन्। अन्यले भने गतिलो योगदान दिन कसेनन्।

दक्षिण अफ्रिकालाई सस्तैमा समेट्ने क्रममा बलिङ न्युजिल्यान्डका अमेरिआ केर र रोजमेरी माइरले समान ३ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको न्युजिल्यानडले ५ विकेटको क्षतिमा १५८ रन बनाएको थियो। उसका अमेलिआ केरले सर्वाधिक ४३ रन बनाउँदा ब्रुक हलिडेले ३८ र सुजी बाटेसले ३२ रन बनाए।

बलिङमा दक्षिण अफ्रिकाका नोनकुलुलेको एमलाबाले २ विकेट लिइन्।

प्रतियोगिताभर बल र ब्याट दुवैबाट उत्कृष्ट प्रदर्शन गरेकी न्युजिल्यान्डकी केर विश्वकपकै सर्वोत्कृष्ट खेलाडी बनिन्।