टि-२० विश्वकप छनोटमा सिंगापुरसँग खेल्दै नेपाल

30 Oct, 2023

टि-२० विश्वकप छनोट आजबाट नेपालमा सुरु हुँदैछन्। ८ टिम सहभागी एसिया छनोटबाट २ टिम विश्वकपमा पुग्नेछन्।

दोस्रो पटक विश्वकप खल्ने लक्ष्यसहित नेपाल आज सिंगापुरको सामना गर्दै छ। नेपालले आज बिहान सवा ९ बजे कीर्तिपुरस्थित टियू मैदानमा सिंगापुरसँग खेल्दै छ।

पछिल्ला केही महिनायता उत्कृष्ट क्रिकेट खेलिरेको नेपाल सिंगापुरविरुद्ध पनि सोही प्रदर्शनलाई दोहाेराउँदै प्रतियोगितामा विजयी सुरुआत गर्न चाहन्छ।

यता, नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले मुजै पनि टिमलाई कमजोर नमान्ने बताएका छन्। राम्रो नतिजाका लागि आवश्यक रणानीतिहरु तयार गरिएको उनले बताए।

उनले घरेलु मैदानमा हुन गइरहेको प्रतियोगिता नेपालका लागि ठूलो अवसर भएको बताए । त्रिकोणात्मक सिरिजको फाइनलमा भोगेको हारलाई बिर्सिएर अघि बढ्ने उनले उल्लेख गरे।

नेपाली टिममा लेगस्पिनर सन्दीप लामिछानेको पुनरागमन भएकाले नेपाली टिम सन्तुलित देखिएको छ।

प्रतियोगितामा सोमबार नै अन्य ३ खेल पनि हुन् छन्। जसमा सवा ९ बजे नै मुलापनी क्रिकेट मैदानमा यूएई र बहराइन खेल्ने छन् । दिउँसो सवा १ बजे कीर्तिपुरमा ओमान र मलेसिया तथा मुलपानीमा हङकङ र कुवेत भीड्ने छन्।

नेपाली टीम : रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख ९विकेटकिपर०, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अविनाश बोहोरा, सन्दीप लामिछाने, विनोद भण्डारी विकेट किपर, प्रतिश जिसी, विवेक यादव, ललित राजबंशी