रोहितसँग झगडा गरेका बंगलादेशका बलर तन्जिम कारबाहीमा

19 Jun, 2024
Share:
117 Shares

आईसिसीले बंगलादेशका युवा बलर तन्जिम हसन सकिबलाई कारबाही गरेको छ।

टि–२० विश्वकप अन्तर्गत समूहको अन्तिम खेलमा नेपाली टमका कप्तान रोहित पाडैलसँग झगडा गरेका कारण आईसिसीले उनलाई कारबाही गरेको हो।

आईसिसीले उनलाई आचारसंहिता उल्लंघन गरेको भन्दै म्याच फीको १५ प्रतिशत जरिवाना गरेको छ।

मैदानमा रोहितसँग झगडा गर्दै तन्जिमले उनलाई हाल्का धक्का पनि दिएका थिए। सोही ओभरमा नन्जिमले रोहितलाई आउट गरेका थिए।

सो खेलमा तन्जिमले ४ ओभरमा २ मेडनसहित ७ रन मात्र खर्चेर ४ विकेट लिएका थिए। यो उनको करिअरकै उत्कृष्ट स्पेल हो। सो खेलमा नेपाल २१ रनले पराजित भएको थियो।