यू–१९ एसिया कपका लागि हेमन्त धामीको कप्तानीमा नेपाली टिमको घोषणा

24 Nov, 2024
Share:
117 Shares

आसन्न एसिसी यू–१९ एसिया कपका लागि नेपाली टिमको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो।

क्यानले कर्नाटकसँगको ५ खेलको सिरिजपछि एसिया कपका लागि १५ सदस्यीय टिम घोषणा गरेको हो। ५ खेलको सिरिज नेपालले ३–२ले जितेको थियो। सिरिजका लागि क्यानले १८ सदस्यीय टिम घोषणा गरेको थियो।

त्यो टिममा रहेका राजेश यादव, दयानन्द मण्डल र दिलशद अलीले एसिया कपको टिममा स्थान बनाउन असफल भए।

नेपाली टिममा यू–१९ विश्वकप खेलेका अर्जुन कुमाल, आकश त्रिपाठी, उत्तम थापामगरलगायत छन्।

एसिया कपको टिमा परेका ७ खेलाडीले आसन्न नेपाल प्रिमियर लिग खेल्ने छन्। उनीहरू एसिया कपका कारण एनपिएलका सुरुआती केही खेल भने गुमाउने छन्।

कप्तान हेमन्त धामी र आकाश त्रिपाठी जनकपुर बोल्ट्स छन् भने अर्जनु कुमाल र नरेन साउद सुदूरपश्चिम रोयल्स, नरेन भट्ट विराटनगर किंग्समा, रन्जित कुमार चितवन राइनोजमा, युनिश विक्रम ठकुरी कर्णाली याक्समा छन्।

प्रतियोगिता नोभेम्बर १९ देखि डिसेम्बर ८ सम्म युइईमा आयोजना हुनेछ। प्रतियोगितामा नेपाल समूह बीमा छ। यो समूहमा बंगलादेश, अफगानिस्तान र श्रीलंका छन्। यस्तै, समूह एमा भारत, पाकिस्तान, जापान र युएई छन्।

नेपालले पहिलो खेल नोभेम्बर २९ मा श्रीलंकासँग खेल्नेछ। यस्तै, दोस्रो खेल डिसेम्बर १मा बंगलादेश र अन्तिम खेल डिसेम्बर ३ मा अफगानिस्तानसँग खेल्नेछ।

नेपाली टिमको मुख्य प्रशिक्षकमा पूर्वराष्ट्रिय क्रिकेटर शक्ति गौचनले पाएका छन् भने दीपेन्द्र चन्द सहाकय प्रशिक्षक छन्।

नेपाली टिम : हेमन्त धामी (कप्तान), अर्जनु कुमाल ९उपकप्तान०, आकाश त्रिपाठी, उतत्म रंगु थापा मगर, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपिन कुमार महतो, अपराजित पौडेल,अभिषेक तिवारी, रन्जित कुमार।