महिला टी–२० विश्वकप छनोटका लागि १८ खेलाडी बन्द प्रशिक्षणमा, भैरहवामा बन्द प्रशिक्षण

14 Oct, 2024
Share:
117 Shares

यू–१९ महिला टी–२० विश्वकप क्रिकेट एसिया छनोटका लागि राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षण असोज ३० गतेदेखि भैरहवामा हुने भएको छ।

प्रशिक्षण शिविरका लागि १८ खेलाडी छनोट भएका छन् । तेस्रो चरणको बन्द प्रशिक्षण शिविरका लागि १८ खेलाडी छनोट गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को कार्यक्रमअनुसार आगामी नोभेम्बरमा सुरु हुने यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटका लागि खेलाडी छनोट गरिएको हो।

टोलीमा मनिषाकुमारी उपाध्याय, एलिसाकुमारी यादव, आश्मा पुलामी मगर, कुसुम गोदार, सना प्रविन, पूजा महतो, सावित्री धामी, कुश्मा गुरुङ, ज्योत्स्निका मरासिनी, स्नेहा महरा, सोनी पाखीन, भवानी कामती, सिमाना केसी, रिया शर्मा, रचना चौधरी, तृष्णा विक, किरनकुमारी कुवर, रन्जु श्रेष्ठ छन्।