यू-१९ एसिया कपमा भारत र पाकिस्तान रहेकै समूहमा नेपाल

13 Nov, 2024

नेपाली युवा महिला क्रिकेट टिमले यू–१९ एसिया कप खेल्ने भएको छ। यू–१९ महिला एसिया कप अर्को महिना मलेसियामा आयोजना हुँदैछ।

प्रतियोगितामा नेपाल भारत र पाकिस्तानसँगै समूह एमा परेको छ। एसियन क्रिकेट काउन्सिलले बुधबार सार्वजनिक गरेको तालिका अनुसार समूह बीमा आयोजक मलेसियासँगै श्रीलंका र बंगलादेश छन्।

डिसेम्बर १५देखि २२ हुने प्रतियोगितामा नेपालले पहिलो खेल पाकिस्तानसँग डिसेम्बर १६मा खेल्ने छ भने दोस्रो खेल डिसेम्बर १७मा भारतसँग खेल्नेछ।

समूहका शीर्ष दुई टिम सुपर फोरमा पुग्नेछन्। सुपर फोरका शीर्ष दुई टिमबीच उपाधि भीडन्त हुनेछ।

यो प्रतियोगिता नेपालका लागि अर्को वर्ष हुने यू–१९ टि–२० महिला विश्वकप तयारी पनि हुनेछ। नेपाली टिम आजै भएको खेलमा युएईलाई ८ विकेटले हराउँदै पहिलो पटक विश्वकपमा छानिएको हो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]