विश्वकपमा पुगेको यू–१९ महिला टिम फर्कियो, विमानस्थलमा भव्य स्वागत

14 Nov, 2024
Share:
117 Shares

यू–१९ महिला टि–२० विश्वकपमा छनोट भएको नेपाली यू–१९ महिला क्रिकेट टिम स्वदेश फर्किएको छ।

नेपाली महिला टिम बिहीबार साँझ युएईबाट नेपाल फर्किएको हो। विमानस्थलमा नेपाली टोलीलाई भव्य स्वागत गरियो।

नेपाली टिमलाई विमानस्थलमा राखेप सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्कालगातले स्वागत गरेका थिए ।

दुबईमा भएको एसिया छनोटको अन्तिम खेलमा घरेलु टोली युएईलाई हराउँदै च्याम्पियन बन्दै विशवकपमा छनोट भएको थियो। नेपालले् युएईलाई ८ विकेटले हराएको थियो।

डबल राउन्ड रोबिनका आधारमा भएको ४ टिम सहभागी प्रतियोगितामा नेपालले युएईलाई नेट रनरेटमा पछि पारेको हो।

एसिया छनोट जितेपछि नेपाल आगामी डिसेम्बरमा मलेसियामै हुने एसीसी यू–१९ महिला एसिया कपका लागि समेत छनोट भएको छ। जहाँ नेपालले समूह चरणमै भारत र पाकिस्तानसँग खेल्नुपर्नेछ।

विश्वकपमा भने नेपाल समूह डीमा छ । त्यो समूहमा अष्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड छन्।