यू–१९ एसिया कपमा नेपाल भारत र पाकिस्तान रहेकै समूहमा परेको छ। एसियन क्रिकेट काउन्सिलले बुधबार सार्वजनिक गरेको तालिका अनुसार समूह एमा नेपाल, भारत र पाकिस्तानसँगै अफगानिस्तान छन्।

यस्तै, समूह बीमा बंगलादेृश, श्रीलंका, युएई र जापान छन्। दुई साताअघि मलेसियामा भएको छनोट प्रतियोगिताको उपाधि जित्दै नेपाली टिम एसिया कपमा छनोट भएको थियो।

डिसेम्बर ८ बाट युएईमा सुरु हुने प्रतियोगितामा नेपालले पहिलो दिन नै पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।

नेपालले दोस्रो खेल डिसेम्बर १०मा अफगानिस्तानसँग खेल्ने छ भने समूहको अन्तिम खेल भारतसँग डिसेम्बर १२ मा खेल्नेछ। समूहका शीर्ष २ टिम सेमिफाइनलमा पुग्ने छन्।

Back To Top