एसिसी यू–१९ प्रिमियर कप : साउदीलाई ३०१ रनले हराउँदै नेपाल सेमिफाइनलमा

19 Oct, 2023

साउदीमाथि सानदार जित निकाल्दै नेपाल एसिसी यू–१९ प्रिमियर कपको सेमिफइनलमा प्रवेश गरेको छ। मलेसिया बिहीबार भएको खेलमा नेपालले साउदीलाई ३०१ रनको फराकिलो अन्तरले हरायो।

३४८ रनको लक्ष्य पछ्याएको साउदी १९.१ ओभरमा ४६ रनमा अलआउट भयो। साउदीका एक खेलाडीले मात्र दोहोरो अंक सकोर बनाउने उसका वरुण मुदालिरले सर्वाधिक ११ रन बनाए।

साउदीलाई सस्तैमा रोक्ने क्रममा दिपेश कँडेलले ९.१ ओभर बलिङ गरेर ६ विकेट लिए भने आकाश चन्दले २ विकेट लिए।

ओपनर अर्जुन कुमालले शानदार शतक प्रहार गरेपछि मलेसियाको युगसडी युकेएम ओभलमा पहिला ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा ३४७ रन बनायो। नेपालका लागि कुमालले १११ बलमा १७ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक १४२ रन बनाए।

यस्तै, आकाश त्रिपाठीले ९८ बलमा ६ चौका र २ छक्का मद्दतमा ८९ रन बनाउँदा दीपक बोहराले ३७ बलमा २९, विशालविक्रम केसीले १८ बलमा २४ रनको योगदान दिए।

साउदीका मुहम्मद अहमद राजा र मुहम्मद घायोर अहमदले समान २ विकेट लिए।