नेपाललाई विश्वकपमा पुर्‍याउने स्याङ्जाका तीन क्रिकेटलाई जनही १ लाखसहित सम्मान गरिने

19 Nov, 2024
Share:
117 Shares

पहिलो पटक यू–१९ महिला टि–२० विश्वकपमा पुगेको नेपाली यू–१९ टिममा रहेका स्याङ्जाका तीन खेलाडी सम्मानित हुने भएका छन्।

गत साता युएईलाई उसकै मैदानमा हराउँदै नेपाल पहिलो पटक विश्वकप छनोट हुँदा नेपाली टिममा रहेका स्याङ्जाका तीन खेलाडी ज्योत्सिना मरासिनी, सीमाना केसी र कुसुम गोदारलाई खुमा अर्याल फाउण्डेसनले जनही १ लाख रुपैयाँ नगदसहित गृहनगरमा सम्मानत गर्ने भएको हो।

इतिहास रच्न सफल युवा क्रिकेटरको हौसला बढाउन सम्मान गर्न लागिएको सचिव ध्रुब शर्माले बताए।

फाउन्डेसनले आफ्नो स्थापना दिवसको अवसरमा मंसिर ५ गते तीन युवा क्रिकेटरलाई सम्मान गर्ने छ।