सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

एभरेष्ट महिला भलिबल लिग खेल्न काठमाडौं स्पकाइकर्सका तीन विदेशी खेलाडी नेपाल आइपुगे

भदौ २० गतेबाट पोखरामा हुने वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणमा खेल्न फ्रेन्चाइजी टिम काठमाडौं स्पाईकर्सका तीन विदेशी खेलाडी नेपाल आइपुगेका छन्।

काठमाडौं स्पाईकर्समा थाईल्याण्डका दुई र बुल्गेरियाकी एक खेलाडीले मंगलकार नेपाल आइपुगेका हुन्।

थाइल्याण्डकी अपिन्या प्रथाबिमसोङ र कन्चना सिसाईकाएओ तथा बुल्गेरसयनकी पोलिना नेकोभा आइपुगेका छन्। उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा क्लबका पदाधिकारीहरुले स्वागत गरेका थिए।

काठमाडौंले यसअघि पोलिनासहित काजखस्तानकी खेलाडी अपोजिट हिटर अलेना कोलोतीजिना र इटलीको खेलाडी ओउमायमा कोडिएललाई अनुबन्ध गरेको थियो। तर, अलेना र कोडिएल नआउने भएपछि दुई खेलाडीको स्थानमा थाईल्याण्डका दुई खेलाडी ल्याएको हो।

नेपाली राष्ट्रिय महिला भलिबल टिमकी मुख्य स्पाइकर उषा भण्डारीलाई मार्की प्लेअर रहेको काठमाडौंमा मनिषा चौधरी, यमुना रसाइली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री, भुवनेश्वरी चन्द छन्।

काठमाडौंको मुख्य प्रशिक्षकमा लोकबहादुर बुढा छन् भने अदिती बुढाथोकी गुडविल एम्बासडर छिन्।

1.3Kशेयर