सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

एभरेष्ट महिला भलिबल लिगमा ललितपुरको लगातार दोस्रो जित

पोखरामा जारी वात्सल्या एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणको ललितपुर क्विन्सले लागतार दोस्रो जित निकालेको छ।

शनिबार पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा खेलमा ललितपरले काठमाडौं स्पाईकर्सलाई ३–०को सोझो सेटमा हरायो।

प्रतिस्पर्धात्मक बनेको खेलमा ललितपुरले ललितपुरले काठमाडौंमाथि २५–१९, २५–२३, २५–२१ को जित निकाल्यो।

पहिलो संस्करणको फाइनलिस्ट ललितपुरको यो लगातार दोस्रो जित हो। उसले पहिलो खेलमा मधेश युनाइटेडलाई ३–०कै सोझो सेटमा हराएको थियो।

लगातार दुई जितपछि ललितपुर ६ अंकसहित जोडेको ललितपुर शीर्ष स्थानमा छ।

ललितपुरले पहिलो खेलमा मधेश युनाइटेडलाई पनि सोझो सेटमा पराजित गरेको थियो ।

आजको दोस्रो खेल कर्णाली यशविस र लुम्बिनी लाभाजबिच हुनेछ । आजको तेस्रो तथा अन्तिम खेल पोखरा निन्जाज र मधेश युनाइटेडबीच हुनेछ।

1.3Kशेयर