सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

महिला भलिबल लिगको टिम मधेश युनाइटेडको नयाँ लोगो सार्वजनिक

एभरेस्ट महिला भलिबल लिगको फ्रेन्चाइजी टिम मधेश युनाइटेडले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ।

सार्वजनिक लोगोमा खेल, संस्कृति र मधेशी गर्वलाई एउटै प्रतिकमा समेटेको छ । नयाँ लोगो हरियो रङको रहेको छ।

खेलकुद र संस्कृतिको संयोजन रहेको लोगोको केन्द्रमा भलिबल राखिएको छ जसले टिमको खेल र प्रतिस्पर्धाको भाव दर्शाउँछ। यसको चारै तिरका लहरहरूले भलिबलको गतिशीलता, ऊर्जा र तीव्रताको प्रतीक दर्शाउँछ।

लोगोको माथिल्लो भागमा जानकी मन्दिर प्रेरित एक मन्दिरको आकृति रहेको छ, जुन मधेश क्षेत्रको सांस्कृतिक पहिचान र धार्मिक सम्पदाको प्रतीक हो । मन्दिरले मधेशको ऐतिहासिकता र संस्कृतिलाई समेटेको छ।

मधेश युनाइटेड को लोगो खेलकुद र संस्कृतिको उत्कृष्ट संयोजन बनेको छ जसले मधेशको सांस्कृतिक सम्पदा र महिला भलिबलको उदयशील प्रतिनिधित्वलाई एकै साथ प्रस्तुत गरेको छ।

दोस्रो संस्करणको महिला भलिबल लिगमा मधेशको मार्की खेलाडीमा निरुता ठगुन्ना छिन्। यस्तै, उसले अक्सनबाट आरती सुबेदी, कोपिला राणा, सरस्वती कटेल, उषा बिस्ट, बबिता बोहोरा र बसन्ती साउदलाई टिममा आबद्ध गरेको छ।

नायिका नीति शाह ब्रान्ड एम्बासडर रहेको मधेशमा कोपिला उप्रेती प्रशिक्षकका रुपमा छिन्।

1.3Kशेयर