महिला साफमा भारतलाई हराउँदै समूह विजेता बन्यो बंगलादेश

23 Oct, 2024
Share:
117 Shares

डिफेन्डिङ च्याम्पियन बंगलादेश काठमाडौंमा जारी महिला साफ च्याम्पियन्सिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

बधुबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूहको अन्तिम खेलमा भारतलाई ३–१ले पारजित गर्दै बंगलादेश समूह एको विजेताका रुपमा सेमिफाइनल पुगेको हो।

पहिलो खेलमा पाकिस्तानसँग बराबरी खेलेको बंगलादेशको ४ छ। बंगलादेशसँग पराजित भएपनि भारत उपविजेता बन्दै सेमिफाइलन पुगेको छ। उसको ३ अंक छ।

बंगलादेशलाई जित दिलाउन तोहुरा खातुनले दुई गोल गरिन् भने अफेइदा खान्डाकेरले एक गोल गरिन्। भातका लागि भने बालादेवीले गोल फर्काएकी थिइन्।