सामग्रीमा जानुहोस्
बिहिबार, कात्तिक १९, २०८३

सिटीको रोमाञ्चक जित, लिभरपुल पराजित

यूईएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले रोमाञ्चक जित निकालेको छ। बुधबार राति भएको खेलमा सिटीले जर्मन क्लब आरबी लाइपजिगमाथि ३–२को रामोञ्चक जित निकाल्यो।

खेलको पहिलो हाफमा लाइपजिगका कास्टेलो लुकेबाले आत्मघाती गोल गरेपछि सिटीले अग्रता बनाएको थियो। दोस्रो हाफको सुरुवातमै रिडल बाकुले गोल गर्दै लाइपजिगलाई बराबरीमा फर्काए।

५७औँ मिनेटमा एन्जो फर्नान्डेजले हेडरमार्फत गोल गर्दै सिटीलाई फेरि अघि बढाए। तर एन्टोनियो नुसाले ६०औँ मिनेटमा उत्कृष्ट गोल गर्दै खेल २–२ को बराबरीमा पुर्‍याए।

खेलको ७८औँ मिनेटमा एर्लिङ हालान्डले इलियट एन्डरसनको क्रसमा गोल गर्दै सिटीलाई महत्वपूर्ण तीन अंक दिलाए।

यता, बुधबार राति नै भएको खेलमा अर्को इंग्लिस क्लब लिभरपुल भने स्तब्ध बनेको छ। लिभरपुल अग्रता जोगाउन नसक्दा टर्किस क्लब फेनरबाचेसँग ३–२ले पराजित भयो।

खेलको १९औँ मिनेटमा ट्रे न्योनीको गोलबाट लिभरपुलले अग्रता लिएको थियो। तर म्यानचेस्टर युनाइटेडका पूर्वफरवार्ड मेसन ग्रिनवुडले फ्रिकिकमार्फत गोल गर्दै फेनरबाचेलाई खेलमा फर्काए।

दोस्रो हाफमा अलेक्जेन्डर इसाकले गोल गर्दै लिभरपुललाई पुनः अग्रता दिलाए। तर त्यसपछि घरेलु टोलीले लगातार दुई गोल गर्‍यो। आर्ची ब्राउनले ७१औँ मिनेटतिर बराबरी गोल गरे भने त्यसको चार मिनेटपछि भेट्रान स्ट्राइकर भेटाट मुरिकीले निर्णायक गोल गर्दै फेनरबाचेलाई जित दिलाए।

पूर्वलिभरपुल खेलाडी डिर्क काइटको अन्तरिम प्रशिक्षणमा रहेको फेनरबाचेले यस सिजन च्याम्पियन्स लिगमा पहिलो जित दर्ता गरेको हो।

सेयर गर्नुहोस्

15Shares