अन्जन विष्ट बने माछापुच्छ्रे स्कुलको ब्राण्ड एम्बेस्डर

Read Time:1 Minute

नेपाली राष्ट्रिय टिमका स्टार स्ट्राइकर अञ्जन विष्ट माछापुच्छ्रे स्कुलको ब्राण्ड एम्बेस्डर बनेका छन् । ललितपुर सानेपास्थित माछापुच्छ«े स्कुलले एक कार्यक्रमबीच अञ्जनलाई खेलकुद दूतको रुपमा सार्वजनिक गरेको हो।

स्कुलले अन्जनसँग दुई वर्षको सम्झौता गरेको छ। सम्झौता पत्रमा स्कुलका अध्यक्ष विनोद यादव र अन्जनले हस्ताक्षर गरे । सम्झौतासँगै अञ्जनले स्कुलको एकेडेमी तथा खेलकुद विकासमा सहयोग गर्नेछन्।

स्कुलसँग जोडिन पाउँदा हर्षित छु भएको अञ्जनले बताए । उनले स्कुलको एकेडेमीका सहयोग पुर्‍याउने बताए।

एन्फा एकेडेमीका उत्पादन अञ्जनले नेपालको युथ टिम हुँदै हाल राष्ट्रिय टोलीका नियमित खेलाडी हुन् । उनी मनाङ मर्स्याङ्दी क्लबको कप्तान हुन् । उनी अञ्जन दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) टिम झापा एफसीका मार्की खेलाडी समेत हुन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post बी डिभिजन लिग : चर्च बोइजलाई हराउँदै श्री भगवती शीर्ष स्थानमा, सरस्वती रोकियो
Next post विश्वकप लिग–२का पिएनजीको पहिलो जित, युएई ६ विकेटले पराजित
Close