पिएसभीको पोस्टमा आर्सनलले बर्सायो गालको वर्षा, एस्टन भिल्लाले क्लब ब्रुगलाई विजयी

5 Mar, 2025
Share:
117 Shares

च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगका आर्सनलले फराकिलो जित निकालेको छ। मंगलबार राति भएका खेलका आर्सनलले डच क्लब पिएसभी इन्डहोभनमाथि आर्सनलले ७–१को फराकिलो जित निकाल्यो।

एक पक्षीय बनेको खेलको आर्सनलका लागि कप्तान मार्टिन ओडेगार्डले २ गोल गरे भने जुलियन टिम्बर, इथान नेवानेरी, मिकेल मेरिनो, लियाद्रो ट्रोसार्ड र रिकार्डो कालाफियोरीले पनि गोल गरे। यता पिएसभीका नोआ लाङले गोल गरेका थिए।

आर्सनल खेलमा पहिलो हाफमा ३ र दोस्रो हाफमा ४ गोल गरेको थियो। यो फराकिलो जितसँगै आर्सनल लगभग क्वाटरफाइनल पुग्ने निश्चित जस्तै भएको छ।

आर्सनल च्याम्पियन्स लिगको नकआउटमा अबे खेलमा ७ वा सो भन्दा बढी गोल गर्ने पहिलो टिम बनेका ेछ।

यस्तै, अर्का खेलमा अर्को इंग्लिस क्लब एस्टन भिल्ला पनि विजयी भयो। उसले मंगलबार राति भएको खेलमा बेल्जियन क्लब क्लब ब्रुगलाई ३–१ले हरायो।

खेलमा भिल्लाका लागि लियोन बेली र मार्कस असेन्सियोले गोल गर्दा अर्को गोल ब्रेन्डन मेचेलेले आत्मघाती गोल गरेका थिए। यता, ब्रुगका म्याक्सिम डे क्युइपरले गोल गरेका थिए।