असेन्सियो चम्किँदा भिल्लाले चेल्सीलाई हरायो, रोकियो युनाइटेड

23 Feb, 2025
Share:
117 Shares

मार्को असेन्सियोले उत्कृष्ट प्रर्दशन गरेपनि प्रियिमर लिगमा एस्टन भिल्ला विजयी भएको छ। शनिबार राति भएको खेलमा एस्टन भिल्लाले चेल्सीलाई २–१ले हरायो।

घरेलु मैदानमा चेल्सीलाई हराउने क्रममा दुवै गोल असेन्सियोले गरे। यता, चेल्सीका इन्जो फर्नान्डेसले गोल गरेका थिए।

खेलमा नवौं मिनेटमा फर्नान्डेसको गोलमा चेल्सीले अग्रता लियो। पहिलो हाफ १–०मै सकियो। ५७औं मिनेटमा मार्कस रोस्फोर्डको पासमा असेन्सियोले गोल गर्दै खेलालाई बराबरीमा ल्याएका थिए। त्यसपछि ८९औं मिनेटमा रास्फोर्डकै पासमा असेन्सियोले नै गोल गर्दै भिल्लालाई जित दिलाए।

जितपछि भिल्ला ४२ अंकसहित सातौं स्थानमा छ भने चेल्सी ४३ अंकसहित छैठौं स्थानमा छ।

यस्तै, अर्को खेलमा म्यान्चेस्टस युनाइटेड रोकिएको छ। एभर्टनसँग २ गोलले पछि परेको अवस्थाम युनाइटेडले २–२को बराबरी खेलेको हो। युनाइटेडका लागि ब्रुनो फर्नान्डेस र म्यानुअल उगार्टेले गोल गर्दा एभर्टनका बेटो र एबडोउलय डोउकोउरेले गोल गरेका थिए।

यस्तै,अन्य खेलमा टोनटहमले इपिस्विच टाउनमाथि ४–१को जित निकाल्दा वुल्भ्सले बोर्नेमाउथलाई १–० र ब्राइन्टले साउथह्याम्पटनलाई ४–०ले हरायो।