सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

आर्मीलाई हराउँदै एपिएफ बागमती गोल्डकप फाइनलमा, उपाधि भीडन्त मछिन्द्रसँग

मविभागीय टिम एपिएफ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौं संस्करणको बागमती गोल्डकपको फाइनलमा पुगेको छ।

मंगलबार बागमती–८ स्थित जनता माविको खेल मैदानमा प्रतिस्पर्धात्मक खेलमा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई १–०ले हराउँदै एपिएफ फाइनल पुगेको हो।

एपिएफको जित दिलाउन फोडे फोफनाले निर्णायक गोल गरे। उनले खेलको तेस्रो मिनेटमै गोल गरेका थिए।

अब एपिएफले उपाधिका लागि मछिन्द्र क्लबसँग खेल्नेछ। मछिन्द्र एनआरटीलाई ५–१ले हराउँदै फाइनल पुगेको हो।

उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पप्त गर्ने छन्। यस्तै, सवर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार र अन्य विधागत उत्कृष्टले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

1.3Kशेयर