मैत्रीपूर्ण खेलका लागि ब्राजिलियन टिम घोषणा, युवा खेलाडीलाई मौका

Read Time:1 Minute

अफ्रिकन मुलुक मोरक्कोसँगको मैत्रीपूर्ण खेलमा लागि ब्राजिलियन टिमको घोषणा गरिएको छ। मार्च २६ मा हुने खेलाका लागि अन्तरिम प्रशिक्षक रोमन मेनेजले अधिकांश युवा खेलाडीलाई समेट्दै टिम घोषणा गरेका हुन्।

टिटेले राजीनामा दिएपछि अन्तरिम प्रशिक्षक बनेका मेनेजले ९ अनक्याप्ड खेलाडीलाई टिममा समावेश गरेका छन्।

टिममा यू–२० कोपा अमेरिका उपाधि दिलाउने क्रममा उत्कृष्ट प्रदर्शन गरेका चेल्सीका युवा मिडफिल्डर आन्द्रे सान्तोष, ब्रजिलियन सुआरेजका नामले परिचित स्ट्राइकर भिक्टर रोकी पनि परेका छन्।

यस्तै, युवा गोलकिपर माइकल, डिफेन्डर रोबर्ट रेनान, अर्थुर, मिडफिल्डर जोआ गोमेज, आन्द्रे, राफेल भेइगा, स्ट्राइकर रोनीले पनि पहिलो टिममा स्थान बनाएका छन्।

घाइते रहेका नेमारसहित केही सिनियर खेलाडीलाई आरोम दिइएको टिममा रियल मड्रिड स्टारहरु भिनिसियस जुयिनर, रोड्रिगो र इडर मिलिटाओ टिममा छन्।

यस्तै म्यान्चेस्टर युनाइटेडका कासिमिरो र एन्टोनीले पनि टिममा स्थान बनाउँदा पिएसजीका कप्तान मार्किन्होस, म्यान्चेस्टर सिटीका गोलपिकर इडर्सन, टोटनहमका डिफेन्डर इमर्सन रोयाल र वेस्टहमका मिडफिल्डर लुकास पक्वेटाले पनि टिममा स्थान बनाएका छन्।

Happy
Happy
58 %
Sad
Sad
10 %
Excited
Excited
20 %
Sleepy
Sleepy
0 %
Angry
Angry
10 %
Surprise
Surprise
3 %
Previous post होलीमा सल्लाघारीमा रेस्लिङ हुने
Next post थ्री स्टारमाथि एपिएफको सहज जित
Close