बुढासुब्बा गोल्डकप भोलिदेखि, ए डिभिजनको एउटा टिममात्रै

Read Time:1 Minute

पूर्वाञ्चलको प्रतिष्ठित फुटबल प्रतियोगिता बुढासुब्बा गोल्डकप २३औं संस्करण भोलीबाट सुरु हुने भएको छ। आयोजक धरान फुटबल क्लबले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

२ वर्षपछि प्रतियोगितामा यो पटक ८ टिमको सहभागीता रहनेछ । यसअघि ए डिभिजनका चर्चित क्लबहरुको सहकभागीता रहँदै आएको प्रतियोगितामा यो पटक ए डिभिजनको एउटा मात्रै टिम सहभागी हुनेछ।

बुढासुब्बा गोल्डकप २३औं संस्करण खेल्ने एक्लो ए डिभिजन क्लब विभागीय टिम नेपाल पुलिस क्लब हो। आयोजकले पुरस्कारको रकम दिन ढिलाइ गरेपछि अन्य ए डिभिजन क्लबले बुढासुब्बा गोल्डकप खेल्न चासो नदिएका हुन्।

शनिबारदेखि सुरू हुने प्रतियोगिता एक सातासम्म चल्ने छ। शनिबार आयोजक धरान एफसी र यूके एफसी भारतबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा आयोजक धरान, यूकेएफसी भारत, केबीपीएस बंगलादेश, एभेनियर एफसी क्यामरुन, नेपाल पुलिस क्लब काठमाडौं, बागमती युवा क्लब सर्लाही, केएफटीसी झापा र मोरङ ११ ले सहभागीता रहनेछ।

आयोजका अनुसार उपाधि विजेताले १० लाख नगद र उपविजेताले पाँच लाख पाउने छन्।

Happy
Happy
30 %
Sad
Sad
28 %
Excited
Excited
9 %
Sleepy
Sleepy
11 %
Angry
Angry
15 %
Surprise
Surprise
7 %
Previous post विदेशमा खेल्न सर्वोच्चले दिएन सन्दीपलाई अनुमति
Next post यू–१९ विश्वकप छनोटमा सिंगापुरमाथि नेपालको सानदार जित
Close