नेपाल आइपुगे लेजेन्ड गोलपिकर बुफोन

2 Mar, 2025
Share:
117 Shares

विश्वकप विजेता लेजेन्ड इटालियन गोलकिपर जियानलुजी बुफोन नेपाल आइपुगेका छन्। उनी आइतबार दिउँसो नेपाल आएका हुन्।

सन् २००६ का विश्वकप विजेता ४६ वर्षीय बुफोन जारी केपी ओली कप फुटबलको फाइलनको चिफगेस्टकका रुपमा नेपाल आएका हुन्।

उनलाई त्रिभुवन आन्तर्राष्ट्रिय विमानस्थलमा युवा संघ नेपालका अध्यक्ष क्षितिज थेपे, सञ्चारकर्मी सुरजसिंह ठकुरी लगायतले स्वागत गरेका थिए।

केपी ओली कपको फाइनल सोमबार त्रिपुरेश्वरस्थि दशरथ रंगशालामा हुनेछ। साँझ ६ बजे हुने फाइनलमा उपाधिका लागि मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लब भीड्ने छन्।