क्लब विश्वकपमा चेल्सी, प्लेमेङ्गो र बोटाफागो विजयी, पोर्टो र पाल्मेइरस तथा बेन्फिका र बोका जुनियर्स रोकिए

17 Jun, 2025
Share:
117 Shares

जारी फिफा क्लब विश्वकपमा इंग्लिस क्लब चेल्सी विजयी भएको छ। सोमबार राति भएको खेलमा चल्सीले लस एन्जलस एफसीमाथि २–०को जित निकाल्यो।

चेल्सीको जितमा १४औं मिनेटमा पेड्रो नेटो तथा ७९औं मिनेटमा इन्जो फर्नान्डेसले गोल गरेका थिए।

यस्तै, समूह डीकै अर्को खेलमा ब्राजिलिय क्लब फ्लेमेङ्गो पनि विजयी भएको छ। उसले इएस टुनिसमाथि २–०कै जित निकाल्यो। उसका लागि जर्जियन डे अरास्काटे र लुइस अरौजोले गोल गरेका थिए।

सोमबार राति नै भएको खेलमा अर्को ब्राजिलियन क्बल बोटाफगो पनि विजयी भयो। उसले सेटले साउन्ड्र्समाथि २–१को जित निकाल्यो। खेलमा उसका जइर कुन्हा र इगोर जेसुसले गोल गरेका थिए भने साउन्ड्र्सका क्रिस्टियन रोनाल्डले गोल गरेका थिए।

सोमबार नै भएको छुट्टा छुट्टै खेलमा दुई पोर्चुगल क्लब बेन्फिका र एफसी पोर्टो भने बरारबीमा रोकिए। पोर्टो ब्राजिलियन क्लब पाल्मेइरससँग गोलरहित बराबरीमा रोकिँदा बेन्फिका अर्जेन्टिनी क्लब बोका जुनियर्ससँग २–२को बराबरीमा रोकियो।