ड्यानी ओल्मो बार्सिलोना आउन सहमत

2 Aug, 2024
Share:
117 Shares

स्पेनिस स्ट्राइकर ड्यानी ओल्मो बार्सिलोना आउन सहमत भएका छन्। ओल्मो र बार्सिलोनाबीच ६ वर्षको सम्झौता गर्ने सहमति भएको बताइएको छ।

तर, ओल्मोका ट्रान्सफरका लागि जर्मन क्लब आरबी लेइपजिगसँग पनि सहमति हुन सकेको छैन।

ओल्मो भित्र्याउन प्रयास गरिरहेको बार्सिलोनाले लेइपजिगसँग नयाँ प्रस्ताव पेश गरेको ट्रान्सफर मार्केटका विज्ञ चर्चित इटालियन खेलपत्रकार फाब्रिसियो रोमानोले बताएका छन्। उनका अनुसार बार्सिलोनाले लेइपजिगसमक्ष ओल्मोका लागि ६२ मिलिनय युरोपको प्रस्ताव राखेको छ।

अघिल्लो महिना भएको युरोपका उत्कृष्ट प्रदर्शन गर्दै स्पेनलाई युरोकप जिताउन महत्वपूर्ण भूमिका खेलेपछि बार्सिलोना ओल्मोलाई भित्र्याउन चाहिरहेको छ।

२६ वर्षीय ओल्मोले बार्सिलोनाको युथ टिमका उत्पादन हुन्। उनले २००७ देखि २०१४ सम्म बार्सिलोनाको युथ टिमम बिताएका थिए।

सन् २०१४मा उनले डाइनामो जाग्रेब गएका थिए। त्यहाँबाट उनी सन् २०२०मा लेइपजिग आएका थिए। लेइपजिगमा उनले १४८ खेल खेल्दै २९ गोल गरेका छन्।