फराकिलो जितसँगै इन्टर मिलान युरोपा लिगको फाइनलमा

एन्टोनियो कोन्टेको प्रशिक्षणमा रहेको इटालिनय क्लब इन्टर मिलन युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा सख्तर डोनेस्कमाथि ५–०को सहज जित निकाल्दै इन्टर मिलन उपाधि नजिक पुगेको हो ।

अब इन्टरले शुक्रबार राति हुने फाइनलमा स्पेनिस क्लब सेभियाको सामना गर्ने छन् । सेभिया इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडलाई पराजित गदैृ फाइनल पुगेको हो ।

सोमबार राति जर्मनीको डुसेलडोर्फमा भएको खेलमा इन्टरलाई सहज जित दिलाउने क्रममा लाउटारो मार्टिनेज र रोमेलु लुकाकुले २–२ गोल गरे भने अर्को गोल डानिलो डिएम्ब्रोसियोले गरेका थिए । इन्टरले पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा चार गोल गरेको थियो ।

डुसेलडोर्फ एरेनामा भएको खेलमा १७औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । ६४औं डानिलो डिएम्ब्रोसियोले गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे । ७४औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरको अग्रता ३(० बनाए ।

त्यसपछि लुकाकुले ७८औं र ८४औं मिनेटमा लगातार दुई गोल गरेपछि इन्टरले फराकिलो जित हात पारेको हो । शाख्तरविरुद्ध २ गोल गरेपछि लुकाकुले यस सिजन इन्टरका लागि गोल संख्या ३३ पुर्‍याएका हुन् । उनले लगातार १० युरोपा लिग खेलमा गोल गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP